काठमाडौं
चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आइपुगेको छ ।
ट्रेलरले अहिलेसम्म ११ लाख भ्युज, ३० हजार लाइक्स र २ हजारभन्दा बढी प्रतिक्रिया बटुल्दै सकारात्मक चर्चा पाइरहेको छ ।
चलचित्र प्रर्दशनको तेस्रो दिन आइतबार चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको हो ।
शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको निर्माण पक्षले जानकारी दिएको छ । वितरक गोविन्द शाहीका अनुसार प्रर्दशनको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको छ ।
उनका अनुसार चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ ।
वितरक शाहीका अनुसार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ ।
चलचित्रमा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । चलचित्रको प्रचार सामाग्रीहरु ट्रेलर, टिजर र गीतहरू सार्वजनिक भएपछि चर्चा र रुचि झनै बढाइरहेका छन् ।
चलचित्र ‘ऊनको स्वीटर’ नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् ।








प्रतिक्रिया