चर्चित अभिनेत्री विपना थापा आजकल बेचैन छिन् । पछिल्लो समय नेपाल बसिरहेको अवस्थामा श्रीमान् आशुतोस भारद्वाजले सामाजिक सञ्जाल अपशव्दसँगै सम्बन्ध विच्छेदको खबर सार्वजनिक गरेपछि अभिनेत्री थापा भारत फर्केकी छिन् ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भारततर्फ जाने क्रममा उनले एउटा भिडियो पोष्ट गर्दै सम्बन्धमा कुनै समस्या नभएको प्रष्ट पारेकी छिन् । उनले श्रीमान् डिप्रेसनको शिकार भएको भन्दै यो समस्या आइरहेको बताएकी हुन् । अभिनेत्री थापाले आफ्नो श्रीमान्को रक्सि खाने बानी रहेको समेत बताएकी छिन् ।
उनले आफ्नो श्रीमान् राम्रो मान्छे बताएकी छिन् । आफू समस्या समाधान गर्न फर्कन लागेको उल्येख गरेकी छिन् । अभिनेत्री थापाले समस्या समाधान गर्ने लागेको बताएपछि सम्बन्धमा समस्या रहेको अड्कलबाजी गर्न थालेका छन् ।
उनका श्रीमान् आशुतोस भारद्वाजले सो स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन् । उनीहरुका एक छोरा समेत रहेका छन् ।
उत्तर प्रदेशको मधुराका स्थायी बासिन्दा भारद्वाज भारतीय राष्ट्रिय काँग्रेसबाट राजनीतिमिा सक्रिय छन् ।








प्रतिक्रिया