३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री विपना थापासँग श्रीमान्ले सम्बन्ध विच्छेद भएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि…



चर्चित अभिनेत्री विपना थापा आजकल बेचैन छिन् । पछिल्लो समय नेपाल बसिरहेको अवस्थामा श्रीमान् आशुतोस भारद्वाजले सामाजिक सञ्जाल अपशव्दसँगै सम्बन्ध विच्छेदको खबर सार्वजनिक गरेपछि अभिनेत्री थापा भारत फर्केकी छिन् ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भारततर्फ जाने क्रममा उनले एउटा भिडियो पोष्ट गर्दै सम्बन्धमा कुनै समस्या नभएको प्रष्ट पारेकी छिन् । उनले श्रीमान् डिप्रेसनको शिकार भएको भन्दै यो समस्या आइरहेको बताएकी हुन् । अभिनेत्री थापाले आफ्नो श्रीमान्को रक्सि खाने बानी रहेको समेत बताएकी छिन् ।
उनले आफ्नो श्रीमान् राम्रो मान्छे बताएकी छिन् । आफू समस्या समाधान गर्न फर्कन लागेको उल्येख गरेकी छिन् । अभिनेत्री थापाले समस्या समाधान गर्ने लागेको बताएपछि सम्बन्धमा समस्या रहेको अड्कलबाजी गर्न थालेका छन् ।
उनका श्रीमान् आशुतोस भारद्वाजले सो स्टाटस सामाजिक सञ्जालबाट हटाएका छन् । उनीहरुका एक छोरा समेत रहेका छन् ।
उत्तर प्रदेशको मधुराका स्थायी बासिन्दा भारद्वाज भारतीय राष्ट्रिय काँग्रेसबाट राजनीतिमिा सक्रिय छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।