२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दयाहाङ र रिस्माको ‘रिमै’ भदौ २७ गतेबाट प्रदर्शनमा आउने



काठमाडौं 

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो फिल्म आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।

सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ छन्। दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ। तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन्। सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ , रिस्मा, गौमायासहित बुद्धि तामाङ, गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।