काठमाडौं
‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ नेपाली चलचित्रकी चर्चित अभिनेत्री निरुता सिंह र दिलिप रायमाझीलाई समर्पण गरेर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्र प्रर्दशन भएपछि अनौठो प्रचारशैली अपनाउदै चर्चित अभिनेता र अभिनेत्रीप्रति समर्पण गरेको हो ।
चलचित्र ‘ऊनको स्वीटर’समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले आर्कशक रहेको छ ।
आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ
चलचित्रको गीतको एक समय नेपाली सिनेमा क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन् ।
भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा सिंहले भिडियो आफूलाई अत्यन्त मन परेको बताएकी हुन् । उनले परीक्षाको नृत्य देख्दा आफूलाई त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन् । एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरिन् ।

गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट चलचित्र ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ । विशेषतः नृत्यको हुकस्टेप पनि त्यही चलचित्रको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ । चलचित्रमा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन् ।
शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो गरिरहेको र सोमवार थप शो प्राप्त गरेको वितरक गोविन्द शाहीले जनाएका छन् । चलचित्रको ट्रेलरले पनि युट्युब ट्रेन्डिङमा पहिलो स्थान ओगटेको छ ।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूको सकारात्मक प्रभावले गर्दा ‘ऊनको स्वीटर’ अहिले नेपाली बक्स अफिसमा चर्चा र सफलता दुवैले सुशोभित भइरहेको छ ।








प्रतिक्रिया