२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री विपना थापा र श्रीमान् आशुतोषबीच लफडा : फेसबुक ह्याक कि डिप्रेसनको विरामी ?



 

केही दिनअघि अभिनेत्री विपना थापा र श्रीमान् आशुतोष भारद्धाजबीच असमजदारी बढेको कारण सम्बन्ध विच्छेदसम्मको हल्ला चलेको थियो ।

केही दिनअघि श्रीमान् आशुतोषले फेसबुकबाट पत्नी विपना थापासँग सम्बन्ध नरहेको पोष्ट गरेका थिए । सो पोष्टको सम्बन्धमा स्प्रष्टिकरण दिदै आशुतोषले आफ्नो फेसबुक ह्याक भएको जानकारी दिएका छन् ।

उनले फेसबुकबाटै सबैसँग माफी माग्दै लेखेका छन्, ‘मेरी आइडी पर आई पोस्ट के लिए सभी से क्षमा माँगता हुँ,’

श्रीमानको फेसबुकबाट विभिन्न पोष्टहरु बाहिरिन थालेपछि अभिनेत्री थापाले लाइभमा आएर श्रीमानलाई डिप्रेसन भएको र औषधि खाइरहेको बताएक थिइन् । उनले श्रीमानको रक्सी खाने बानीको पनि खुलासा गरेकी थिइन् ।

तर पछिल्लो घटनाक्रम केलाउदा दुबैको कुरा मिल्दैन । विपना थापाले श्रीमान् डिप्रसनको विारमी भएको बताए पनि उनका श्रीमानले सो कुरा स्वीकार गरेनन् ।

अभिनेत्री विपनाले झुटो बोलिन् कि राजनीतिज्ञ समेत रहेका आशुतोशले झुट बोले बुझ्नै गाह्रो छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।