२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यपुर थिमिमा घरमा ठोक्कियो बस, सहचालक पक्राउ



ललितपुर । भक्तपुरमा बा ६ ख ५९९८ नम्बरको भक्तपुर–बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको छ । घरमा लगेर बस जोतेको आरोपमा प्रहरीले २० वर्षीय सहचालक अनिल खत्रीलाई पक्राउ गरेको छ ।

चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको प्रहरीले जनाएको छ । भक्तपुर–पेप्सिकोला सडकखण्डको निकोसेरामा गणेश मन्दिरलाई भग्नावशेषमा परिणत गर्दै बस स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको हो ।

दुर्घटनाबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी बृत्त थिमिले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।