ललितपुर । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।
मंगलबार बिहान ललितपुर महानगरपालिका प्रांगणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो। महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १०६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन्।
०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ । उनको स्मृतिमा बनाइएको यो शालिक ललितपुरको सांस्कृतिक पहिचानको प्रतीकका रूपमा रहने विश्वास गरिएको छ।
मेयर महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताए । उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन ।सत्यमोहन जोशीको नाममा कुनै पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौं । यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कुनै पनि काम गर्न हामी सक्दैनौं ।’







प्रतिक्रिया