२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सतुंगलमा भीषण आगलागी



काठमाडौं । काठमाडौं सतुंगलस्थित चारतले घरमा भीषण आगलागी भएको छ। चन्द्रागिरि नगरपालिका– ११ सतुंगलमा रहेको कपडा गोदाममा बिहीबार बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणमा आएको छ। बिहीबार बिहान सवा पाँच बजेबाट आगलागी सुरु भएको हो। चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीको कारण खुलेको छैन।

आगलागीको खबर प्राप्त पश्चात हुँनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, प्रहरी बृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना प्रहरी घटनास्थलमा पुगेका थिए।

त्यसैगरि प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातीर्थबाट ४ जना प्रहरी र ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा परिचालन भएका थिए ।

आगलागी नियन्त्रणमा चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुर महानगरको दकमल, नेपाली सेनाको दमकल, काठमाडौँ महानगर पालिकाका २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको छ।

त्यसैगरि स्थानिय पानी ट्रयाङ्कर नौवटा पनि आगलागी नियन्त्रमा परिचालित थिए । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।