४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने



रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुनेछ ।

ललितपुर । । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषीले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

उनका अनुसार, रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुनेछ ।

वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङमति लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।