२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं वनस्थलीबाट माइक्रोबस चोरी



काठमाडौं । चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौंको वनस्थलीबाट चोरी भएको छ । चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भइ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।

२९ चैतमा साढे ४ बजेतिर वनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीको भनाई छ । पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।