२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आजदेखि दुई नेपाली चलचित्रहरुको प्रर्दशन सुरु



ललितखबर
आजदेखि देशभरका चलचित्र भवनहरुमा दुई नयाँ चलचित्रहरु प्रर्दशन सुरु भएको छ ।
वितरकहरुका अनुसार आजबाट चलचित्र ‘के घर के डेरा : घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रर्दशन सुरु भएको हो ।

चलचित्र ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् भने दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

चलचित्र ‘हेल्लो काँशीराम’को निर्देशन लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् ।

चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय देख्न सकिने निर्माण टिमले जनाएको छ ।

रेडलाइन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको पि. वि. थापाले लगानी छ । निर्माण पक्षले चलचित्रको खासै प्रचारमा ध्यान नदिएको कारण प्रचार सामाग्रीहरु ट्रेलर, टिजर र गीतहरुको खासै चर्चा सुनिएको छैन । दर्शक सामु चलचित्र र विषयवस्तुबारे राम्रो जानकारी समेत पु¥याएको देखिदैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।