काठमाडौं । मध्य बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान बानेश्वर नजिकै काठमाडौं महानगरपालिका ३१ कात्यानी चोकस्थित सडकमा बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
भिमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोक कुमार झाका तीन वर्षका छोरा शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनापछि कार चालक काठमाडौं महानगरपालिका-३१ का ५५ वर्षीय रमेश कुमार श्रेष्ठ र कारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया