काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् ।
शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् ।
उनले पिक आवरमा भारतबाट नेपालमा विद्युत् आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको स्वीकार गरे ।
उनले विद्युत् प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए । कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्ण रूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत गएको बताए ।








प्रतिक्रिया