काठमाडौं
पछिल्लो समय हिट चलचित्र दिएका ऊनको स्वीटर चलचित्रका कलाकार हल हलमा दर्शक भेट्न देश दौडाहामा निस्कने भएका छन् ।
हलमा दर्शकको उत्साहजनक उपस्थिति देखेर चलचित्रका कलाकारहरु देशभरका हलहरुमा भ्रमण थाल्ने तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रका निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।
पछिल्लो समय ‘ऊनको स्वीटर’ सुपरहिट सावित हुने बाटोमा अघि बढिरहेको छ ।
पहिलो हप्तासम्म चलचित्र हेर्ने दर्शकहरुको भीड छ । निर्माण पक्षले सार्वजनिक गरेको आँकडा अनुसार पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन भएको छ ।
निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार चलचित्र दोश्रो हप्तामा देशभरका २ सय शो सहित सिनेमा घरहरूमा प्रदर्शनमा रहेको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको बताइएको छ ।
चलचित्र समिक्षकहरुबाट सकारात्मक समिक्षासँगै दर्शकहरुको उत्साहजनक सहभागिता रहेको देखिन्छ ।
पछिल्लो समय चलचित्रको गीतहरु पनि उत्तिकै चलेका छन् । ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतसँगै ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटक जहाँत्याही देख्न पाइन्छ । चलचित्रको ट्रेलर पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।








प्रतिक्रिया