२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मनोहरामा ट्रकको ठक्करपछि मोटरसाइकल चालकको निधन



 

काठमाडौं

राजधानी काठमाडौंको मनोहरामा ट्रकको ठक्करपछि एक मोटरसाइकल चालकको निधन भएको छ ।

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र–०३–००१ ख १२४७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको निधन भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, शनिबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।