१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता



भक्तपुर
सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिएका छन् ।
उनका अनुसार आगामी जेठ ९ र १० गते सूर्यविनायक नगरपालिका वडा नम्वर ९ को सेराटन बैकिटमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएका छन् ।
उहाँका अनुसार प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छन्।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उनले जानकारी दिएका छन् ।
३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने उनले जानकारी दिएका छन् ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।