२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भ्रष्टाचार आरोपी मोहन बस्नेतलाई अतिथि बनाएर कार्यक्रम नगर्न सिन्धुपाल्चोकका २ गाउँपालिकाको निर्देशन



काठमाडौं । भ्रष्टाचारको आरोप लागेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न सिन्धुपाल्चोकका २ गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखु पाखार गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न र सहभागी नगराउन आग्रह गरेका हुन् ।

टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद हुन् । भ्रष्टाचारको आरोप पछि बस्नेतको सांसद पदसमेत निलम्बनमा छ ।

तर बस्नेतलाई प्रमुख अतिथि बनाएर सोमबार र मंगलबार सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्वास्थ्यचौकी भवन उद्घाटन र लिसंखुपाखर–२, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन कार्यक्रम राखिएपछि गाउँपालिकाहरूले यस्तो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।