३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ह्रस्व दीर्घ’ का निर्देशक चन्द्र पन्तले घोषणा गरे ‘आ बाट आमा’



काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’ निर्देशनको घोषणा गरेका छन्। उनले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको देखाइएको छ। आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट सुरू गरिने जनाइएको छ। कलाकार को–को हुनेछन् भन्नेमा जानकारी दिइएको छैन। फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन्।

निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो। केही दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षबारे जानकारी दिइने छ।

निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए। दर्जनौं नेपाली फिल्ममा द्धन्द्ध निर्देशन गरिसकेका उनले भोजपुरी फिल्ममा समेत काम गरेका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।