२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा



काठमाडौं
चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रर्दशन हुने निर्देशक चौहानले बताएका छन् ।

उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन् । केही समयपछि कलाकारको लाइनअप सार्वजनिक गर्ने निर्देशक चौहानले बताएका छन् ।

“हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौँ । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौँ,” निर्देशक चौहानले भने, “अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो सिनेमामा हुनुहुनेछ ।”

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।