२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरको अब पर्यटन प्रहरी सेल



काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको छ ।

महानगरले आफ्नो पालिकाभित्रका मूर्त तथा अमूर्त सम्पदा र पर्यटकको सुरक्षा र सहजीकरणका लागि आजदेखि महानगर पर्यटन तथा सम्पदा प्रहरीे सेल गठन गरी परिचालन गरिएको जनाएको हो ।

नगर प्रहरी निरीक्षक एलिजा नेपालको कमान्डमा २२ जना नगर प्रहरी पर्यटन प्रहरी सेल गठन भएको हो । यो सेलले काठमाडौं महानगरभित्र रहेको काठमाडौं दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ जस्ता सांस्कृतिक क्षेत्रमा सुरक्षासँगै पर्यटकीय सहजीकरणका काम गर्ने छ ।

यसअघि ललितपुर महानगरपालिकाले पनि पर्यटक प्रहरी गठन गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।