२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘होस्टेल ३’ समूहद्वारा नयाँ चलचित्र ’बाउ भर्सेस छोरा’ घोषणा



नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको

काठमाडौं
सफल चलचित्र श्रृखला ‘होस्टेल ३’ समूहले नयाँ चलचित्र निर्माण गर्ने भएको छ ।

सो समूहले चलचित्र ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको हो ।

निर्देशक सशान कँडेलका अनुसार दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने बताए ।

नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताएका छन् ।
चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनको भनाई छ ।

यसअघि ’होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।

यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।
चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।