२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एकै दिन सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि



काठमाडौँ

आज एकै दिन सुनको मूल्य तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । सुनको मूल्य विगत तीन दिनदेखि स्थिर रहेको थियो ।

आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९९० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।