काठमाडौं
चलचित्र ‘के घर के डेरा स् घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ ।
ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।
सिनेमा प्रर्दशनसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । चलचित्र शुक्रबारबाट देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ ।
“ दिन प्रतिदिन दर्शकको अकुपेन्सी बढ्दै गएको छ । हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,” वितरक करण श्रेष्ठ दाबी गरे ।
सिनेमाको कथा साहित्यकार बुद्धि सागरले लेखेका हुन् ।
‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।








प्रतिक्रिया