२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं चःमतीबाट राजश्व छलीका सामाग्रीसहित ८ जना पक्राउ



काठमाडौं । काठमाडौं चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जना पक्राउ परेका छन् । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द, सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान, मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।