२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना



काठमाडौं । रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ ।

आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं आउँदै थियो । प्र ३ –०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका– २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।

एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।