२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलमा सरकारी कर्मचारी हनीट्रयापमा, भक्तपुरकी युवतीसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौं ठमेलमा ५७ वर्षीय एक सरकारी कर्मचारी हनीट्रयापमा परेका छन् । फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएर कुराकानी गरेका उनीले ती कर्मचारीको काठमाडौँमा घर जग्गा छ। पर्याप्त सम्पत्ति भएको र जीवन शैली पनि उस्तै खर्चालु भएकाले उनलाई ती महिलाले अर्की महिला र दुई जना पुरुषसँग मिलेर ठगी गर्ने योजना बनाएका थिए।

योजना अनुसार उनीहरूले मोबाइल नम्बर साटे। फोनमा पनि कुरा हुन थाल्यो। अघिल्लो साता ती महिलासँग ठमेलको एउटा होटलमा भेट्ने सल्लाह भयो। ती ५७ वर्षीय कर्मचारी ती महिलालाई भेट्न ठमेल पुगे। होटलमा दुई जना महिलासँग बसेर ती कर्मचारीले टन्न रक्सी खाए। तर उनी रक्सीले ढलेपछि महिलाहरूले उनका नग्न फोटो र भिडिओ बनाएको प्रहरीले जनाएको छ । तर ती कर्मचारीलाई यो केही थाहा भएन। उनलाई रक्सीले छाड्दा ती दुई महिला पनि होटलमा थिएनन्।

त्यसको एक हप्तापछि ती कर्मचारीलाई अर्की महिलाको प्रोफाइलबाट फ्रेन्ड्स रिक्वेस्ट आयो। एसेप्ट गर्नासाथ ती महिलाले उनका त्यसरात खिचेका फोटा र भिडिओ पठाइदिइन् र भनिन्, ‘अब मेरो डिमान्ड पूरा गर्नु भएन भने तपाईंविरुद्ध मुद्दा हाल्छु।’

ती कर्मचारी त्यसरात ठमेलको होटलमा भएका गतिविधिका आफ्नै फोटा देखेर चकित भएका थिए । उनलाई सपना जस्तै लाग्यो। उनले ती महिलाहरूलाई फेरि भेटेर यो विषय सल्टाउन प्रस्ताव गरे।

उनीहरूले भेटेर छलफल गर्दा दुई महिलाले कि काठमाडौँमा घर नभए चार आना जग्गा चाहिने माग गरे। ती कर्मचारी यो दिन तयार भएनन्। उनले पैसामै मिलाउन प्रस्ताव गरे। तर उनको साथमा त्यतिबेला पैसा थिएन। उनी ५ लाख रुपैयाँको चेक दिएर त्यहाँबाट उम्किए।

त्यसपछि उनले यस बारेमा आफ्ना साथीभाइहरूसँग पनि सल्लाह गरे। प्रहरीसम्म यो घटना पुगे उनी हनी ट्र्यापमा परेको र ती महिलाहरूलाई नै कारबाही हुने जानकारी पाए। त्यसपछि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन पुगेका थिए। उनको निवेदनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुई महिलालाई बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्। ममता हाल काठमाडौँको कालोपुल र आँचल हाँडीगाउँ बस्दै आएकी थिइन्।

उनीहरूसँगै योजना बनाउने दुई पुरुष भने फरार छन्। ती कर्मचारीले आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक पनि प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।