२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महानायक’ राजेश हमालको चलचित्र ‘नरसिंहा : अवतार’लाई शुभकामना दिदै अभिनेता दिपकराजले सझिए विगतका विवाद



 

ललितखबर
पछिल्ला पुस्ताका सफल अभिनेता दिपकराज गिरीले ‘महानायक’ राजेश हमालको चलचित्र ‘नरसिंहा : अवतार’लाई शुभकामना दिदै ‘महानायक’ सम्झेका छन् ।

गएको कोरोना महामारीको बेला अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले राजेश हमाललाई अहिले महानायकको उपादी दिनु उचित नरहेको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

निर्देशक निरौलाको अभिव्यक्तिपछि महानायकको पदवी दिपकराजलाई दिनुपर्ने भाष्य स्थापित गर्न खोजेको थियो ।

अभिनेता गिरीले सामाजिक सम्जालमा तस्विर राखेर लामो व्याख्या गरेका छन् ।

तर चलचित्र क्षेत्रमा तरंग ल्याउने सो घटनापछि पनि पछिल्ला दिनमा हाम्रो भेट हूंदा महानायक हमालले त्यहि आदरभावले नै भेटेको लेखेका छन्, ‘आफू जहॉ पुगे पनि संस्कार चाहि भूल्नू हुन्न भन्ने कुरा मैले राम्ररी बुझेको छु’
उनले भनेका छन्, ‘जसले तिम्लाइ बुझेका छन् उनिहरूलाइ बुझाउनै पर्दैन १जस्ले तिम्लाइ बुझ्न चॉहदैनन, उनीहरूले टाउको फुटाए पनि बुझ्दैनन‘

अभिनेता गिरीले आजकल संजाल भनेको गालि ,गलौच, धृणा र दे्ष फैलाउने असंबेदनशील माध्यमको रूपमा परिचित छ तर कलाकारहरूबाट समाजले सधै प्रेम ,स्नेह र संस्कार नै खोजिरहेको उल्येख गरेका छन् ।
उनले महानायक हमालसँग पहिलोपल्ट चलचित्र ‘चोर’मा सँगै अभिनय गरेको समेत सम्झेका छन् ।

आफ्नो चलचित्र “ छ एकान छ” मा महानायक राजेश हमालले अभिनय गरिदिएर गुन लगाएको र चलचित्रहरूले सफलता प्राप्त गरिरहदा हलमा आएर बधाइ पनि दिनु भएको स्मरण गरेका छन् ।
उनले महानायक हमालसँग देश र बिदेशमा थुप्रै स्टेज कार्यक्रमहरू संगै काम गरेको उनीसंग घन्टौ गफ गरेर रमाइलो गरेको पनि उल्येख गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।