२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस



काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन्।

उक्त रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुइकेलले जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंकको गर्भनर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।