चलचित्रको कथाको पाना च्यातेर हलमा देखाउनु पर्ने
ललितखबर
चलचित्र ‘जन्ते बाख्रो’ निर्माण टिममा चरम विवाद रहेको खुलेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका निर्देशक सिमोस सुनुवार र लेखक प्रदिप भारद्धाजले पत्रकार अगाडि सबै विवाद छताछुल्ल पारेका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुनुवारले लेखक भारद्धाज ‘अप्ठ्यारो मान्छे भएको’ कारण चलचित्रको कथा अनुसार चलचित्र बनाउन कठीन हुने भन्दै आलोचना गरे । उनले भने, प्रदिप जीले कमेडी चलचित्र लेखेको मैले लभ स्टोरी बनाइदिएको भनेर आरोप लगाउनु भयो ।’
आफूले लेखेको कथा अनुसार चलचित्र नबनेको सम्बन्धमा आक्रोस पोख्दै लेखक प्रदिप भारद्धाजले चलचित्रको कथाको पाना च्यातेर हलमा देखाउनु पर्ने जवाफ दिए । चलचित्रको ट्रेलर हेरेपछि कमेडी ‘चलचित्रमा हाँस्ने दृश्य छैन त ?’ भन्दै पत्रकारले सोधेको जवाफमा लेखक भारद्धाजले ‘हलको एउटा कुनाबाट हेर्दा कमेडीले नहँसाउने’ भन्दै निर्देशक सिमोस सुनुवारको कामको व्यङ्यात्मक आलोचना गरे ।
निर्माता गौत्तमले विभिन्न अक्कलहरु प्रयोग गर्न भन्दै तनाव दिएको
निर्देशक सुनुवारले लेखकको कथा अनुसार चलचित्र नबनाएको स्वीकार गर्दै चलचित्रमा कमेडी रहे पनि प्रेम कथा पनि चाहिन्छ भनेर लेखक भारद्धाजको सल्लाहमा कथा मिलाएको जवाफ फर्काए ।
चलचित्रको प्रर्दशन मिती तीन पटक घोषणा गरेको विषयमा निर्देशक सुनुवारले निर्माता र वितरकको दबावमा जेठ २३ गतेबाट जेठ ९ गते सारिएको छ । धेरै विवादपछि पुन जेठ २३ गते नै पु¥याएको बताए ।
चलचित्र निर्माता सन्तोष गौत्तमको एकलौटी निर्णयमा चलचित्रको ट्रेलर बनाइएको र कथामा समेत हावी भएको विषयमा पत्रकारहरुले प्रश्न उठाएका थिए । तर निर्देशक सुनुवार सबैले मिलेर निर्णय गरेको भन्दै ढाकछोप गर्ने कोसिस गरे ।
कुराकानीकै क्रममा निर्देशक सुनुवारले निर्माता गौत्तमले विभिन्न अक्कलहरु प्रयोग गर्न भन्दै तनाव दिएको आरोप समेत लगाए ।
निर्देशक सुनुवारले आफ्नो पछिल्लो चलचित्र हात्तीछाप सुपर फ्लप भएको समेत उनले स्वीकार गरे ।








प्रतिक्रिया