२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२०८२ सालकै पहिलो सुपरहिट चलचित्र बन्यो ‘ऊनको स्विटर’



काठमाडौं । देशकै ठूलो मल्टिप्लेकस चेन क्युएफएक्सले फिल्म ‘ऊनको स्विटर’ लाई २०८२ को पहिलो सुपरहिट फिल्म भनेर घोषणा गरेको छ । योसँगै नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्विटर’ यो वर्षको पहिलो सुपरहिट फिल्म बनेको छ ।

फिल्ममा विपिन कार्की र मिरुना मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन् । प्रदर्शनको पहिलो दिनबाटै राम्रो व्यापार गर्दै यो फिल्म २०८२ को पहिलो सुपरहिट फिल्म घोषित भएको हो । अझै पनि हलमा ‘ऊनको स्विटर’ मा दर्शकको उत्साहजनक उपस्थिति देख्न सकिन्छ ।

गत वैशाख २६ गतेबाट रिलिज भएको फिल्मले प्रदर्शनको दोस्रो साता नै ८ करोड १० लाख रुपैयाँ कमाई गरेको निर्माण पक्षले बताएको छ । यस फिल्ममा विपिन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राई, सुनील पोखरेल, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । म्युजिकल फिल्ममार्फत मन जित्दै आएको आर्टमाण्डुको यो पहिलो फिचर फिल्म हो । साथै यसै फिल्मबाट चौहानले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।