२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकी अर्बपति एलन मस्कले छोडे राष्ट्रपति ट्रम्पको साथ



काठमाडौँ
अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति ट्रम्पसँगको साथ छोडेका छन् ।

उनले ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको आफ्नो जिम्मेवारी सकिएको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए ।

ट्रम्प जनवरीमा ह्वाइट हाउस आइपुग्दा, उनले मस्कलाई नयाँ सरकारी विभाग सरकारी दक्षता विभागको नेतृत्व सुम्पिएका थिए ।

मस्कले यस बारेमा जानकारी दिदै भनेका छन्,‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सरकारी व्यर्थ खर्च घटाउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । समयसँगै सरकारी दक्षता विभाग मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’

मस्कले ट्रम्प प्रशासनमा महत्वपूर्ण भूमिका निभाउने क्रममा उनले व्यक्तिगत रुपमा भने ठुलो मुल्य चुकाएका छन् । उनको ब्राण्ड टेस्लाले यस क्रममा ठुलो नोक्सानी बेहोर्नु परेको छ । अमेरिका, क्यानडा र युरोपमा टेस्ला बहिष्कारको अभियान चलाइएको थियो भने शेयर बजारमा समेत ठुलो नोक्सानी बेहोर्नु परेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।