२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा अध्ययन गरिरहेका चीन र हङकङका विद्यार्थीहरूको ट्रम्प सरकारले छानबिन गरिने



काठमाडौं
अमेरिकाले आफ्नो देशमा अध्ययन गरिरहेका चीन र हङकङका विद्यार्थीहरूको भिसाको गहन छानबिन गरिने बताएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीन र हङकङका विद्यार्थीहरूको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धलाई पत्ता लगाउन छानबिन गरिने बताएका छन् ।

रुबियोले चिनियाँ विद्यार्थीहरुका लागि भिसा सर्तहरू पनि परिमार्जन गरेर चीन र हङकङका भविष्यका भिसा आवेदकहरूको छानबिनलाई अझ प्रभावकारी बनाइने बताएका छन् ।

हालैका महिनाहरूमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्कलाई लिएर चीन र अमेरिका बीचको सम्बन्ध तिक्त बनेको छ ।

यसअघि सोमबार, रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट दिन बन्द गर्न आदेश दिएका थिए । विदेश विभागले त्यस्ता आवेदकहरूको सामाजिक सञ्जाल छानबिनलाई अझ बढाउने तयारी गरिरहेको छ ।

अनुमान अनुसार, गत वर्ष लगभग २ लाख ८० हजार चिनियाँ विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।