रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन
काठमाडौंँ
नेपाली सिने उद्योगकी चर्चित अभिनेत्री रेखा थापो रङ्गमञ्चमा प्रवेश गरेकी छिन् । आजदेखि राजधानी गैरीधारामा रहेको कान्तिपुर थिएटरमा पहिलोपटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट अभिनेत्री थापाल् रङ्गमञ्चमा डेब्यू गर्न लागेकी हुन् ।
उनलाई नाटकका लागि केही वर्षअघि दुईवटा लकडाउनको सेरोफेरोमा प्रस्ताव आएको थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि समय उनका लागि त्यतिबेला सम्भव थिएन, त्योसँगै अभिनेत्री थापालाई नाटकमा गर्छु वा गर्ने भन्ने आत्मविश्वास पनि नभएको उनी बताउछिन् ।
‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहेकी छिन्
‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन’, उनले भनिन् । तर यसपटक कसरी उहाँको मञ्च उक्लने कुरा सम्भव भयो त ? यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीको मुख्य हात रहेको उनको भनाइ छ ।
पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गरेकी हुन् । ‘प्रकाशले नाटकघर सञ्चालन गर्न लागको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुबै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरें’, अभिनेत्री थापाले भनिन् । उनलाई यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि बलियो गरी आकर्षण गर्यो ।
‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौंँ न भनेर हो । मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो’, अभिनेत्री थापाले भनिन् । थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ । प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरूले प्रभाव पार्ने उनी बताउछिन् ।
कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको सुनाउछन् । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधबार बाहेक ५ः३० बजे मञ्चन हुनेछ ।








प्रतिक्रिया