३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री रेखा थापाको नाटक ‘मिरा’को मञ्चन सर्‍यो



काठमाडौँ

चर्चित अभिनेत्री रेखा थापाको नाटकको मञ्चन हिजो विहीबारको कार्यक्रम सरेको छ ।
यो नाटकको प्रिमियर विहिबार जेठ १५ गते गरिने तय भएको भएपनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको उनले जानकारी दिएकी छिन् । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि शुरु हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।

दुई दशकदेखि चलचित्रमा अभिनय गरेकी अभिनेत्री थापाले नाटक ‘मिरा’ मार्फत रंगमञ्चमा प्रवेश गरेकी हुन् ।

रेखाले रंगमञ्चमा आफ्नो इन्ट्री बारे जानकारी दिदै भनेकी छन्( ‘मेरो कलाकारिता जिवन मै पहीलो पटक म रंगमञ्चको स्टेज उक्लदैछु, त्यसैले पनि मीरा मेरो लागि बिशेष छ ।’

नाटक मिरा फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रिधारामा हरेक दिन साँझ ५ः ३० बजेदेखि शुरु हुने छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।