काठमाडौ
राजधानीको महाँकालबाट सितापाईलातर्फ आउदै गरेको ईभि माइक्रोबाट खसेर महिलाको निधन भएको छ ।
प्रहरीका अनुसार नागार्जुन नगरपालिका ६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१ ००२ ज ७०५७ नम्बरको ईभि माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका ६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका ७ घर भएकी ३८ वर्षीया कोपिला परियारको शुक्रबार बिहान मृत्यु भएको हो ।
लडेर दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।








प्रतिक्रिया