१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कान्ति लोकपथको बगुवाको डाइभर्सन मर्मतपछि सञ्चालनमा



बागमती
हेटौडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका र ललितपुरको वगुवा जोड्ने बागमती नदिमा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो ।
उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ ।
यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका(८ र्भयाङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।