२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेलमा ट्रकले बोलेरोलाई ठक्कर दिँदा तीन जना घाइते



काठमाडौं । काभ्रे धुलिखेलमा आज बिहान ट्रकले बोलेरो गाडीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। बीपी राजमार्गमा पर्ने धुलिखेल गरपालिका- ११ पात्लेखेतमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र काठमाडौंबाट सप्तरीतर्फ जाँदै गरेको बा १९ च २८८८ नम्बरको बोलेरो आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान पौने सात बजेतिर भएको सो दुर्घटनामा बोलेरोमा सवार तीन जना घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ।

घाइते हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका- १ की ४० वर्षीया ललिता चौधरी, सोही ठाउँकी ३५ वर्षीया बबिता चौधरी र उनका छोरा सात वर्षीय प्रभास चौधरी छन्। उनीहरु सबैको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बोलेरो र ट्रक चालकलाई नियन्त्रणमा राखेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।