२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेत्री दिशा पटानीको हलिउड चलचित्र ‘होलीगाड्र्स’मा अनुबन्धित



काठमाडौं

बलिउड अभिनेत्री दिशा पटानीको पनि हलिउडको नयाँ चलचित्रमा देखिने भएकी छन् ।

उनी दिशा चाँडै नै अलौकिक एक्सन(थ्रिलर फिल्म ‘होलीगाड्र्स’ मा देखिने भएकी छिन् । यो चलचित्रसँगै ओस्कर विजेता निर्देशक केभिन स्पेसी लगभग दुई दशकपछि निर्देशनमा फर्कदैछन् । चलचित्रको छायांकन मेक्सिकोमा गरिएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय स्टारहरू पनि देखिनेछन् । दिशासँगै डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रायना हिल्डेब्रान्ड पनि चलचित्रमा महत्त्वपूर्ण भूमिकामा रहेका छन् ।

ुहोलीगाड्र्सु ुस्टेटिगाड्र्स भर्सेस होलीगाड्र्सु नामक फ्रान्चाइजीको हिस्सा हो । चलचित्र एक्सन, डरलाग्दो र अलौकिक तत्वहरूले भरिपूर्ण हुने बताइएको छ । पोस्ट(प्रोडक्सनको क्रममा नै चलचित्रको बारेमा छलफल सुरु भएको छ ।

केही समयअघि सुटिङको क्रममा दिशा पटानीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो तस्बिर मेक्सिकोको डुराङ्गोको हो, जहाँ चलचित्रको छायांकन भइरहेको थियो । दिशा यस वर्ष जनवरीमा मेक्सिकोमा थिइन् । उनले टायरेस गिब्सन र ह्यारी गुडविन्ससँग शोको पाइलट सुटिङ गरेको बताइएको छ ।

दिशाले यसअघि अन्तर्राष्ट्रिय चलचित्रहरू गरिसकेकी छिन् । यो दिशाको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट होइन। उनी पहिले ज्याकी चानसँग ुकुङ फू योगाु मा देखा परिसकेकी छिन् । हलिउड प्रोजेक्टसँगै, दिशा हाल ुवेलकम टु द जंगलु को तयारीमा छिन्, जुन २०२५ मा प्रर्दशन हुनेछ ।

दिशा पटानीले साउथ इन्डस्ट्रीबाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी थिइन् । उनले २०१५ मा तेलुगु चलचित्र ुलोफरु बाट अभिनयमा डेब्यू गरिन्। यसपछि, उनले २०१६ मा हिन्दी सिनेमामा ब्रेक पाइन्, जब उनी सुशान्त सिंह राजपूतसँग ुएमएस धोनीस् द अनटोल्ड स्टोरीु मा देखा परिन् । यस चलचित्रमा उनले प्रियंका झाको भूमिका निभाएकी थिइन्, जुन दर्शकहरूले धेरै मन पराएका थिए । उनले २०१७ मा ज्याकी चानसँग अन्तर्राष्ट्रिय फिल्म ुकुंग फू योगाु मा पनि काम गरिन्। यसपछि दिशाले ुबागी २ु ९२०१८० मा टाइगर श्राफसँग धमाकेदार एक्सन गरिन् । त्यसपछि २०१९ मा उनी सलमान खानसँग चलचित्र ुभारतु मा देखिइन् । २०२० को चलचित्र ुमलंगु मा दिशाले डार्क र इन्टेन्स क्यारेक्टर निभाएकी थिइन् । दिशा २०२४ मा दुई ठूला चलचित्र ुकल्की २८९८ ए।डी।ु र ुकांगुआु मा पनि देखिनेछिन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।