२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाइएको हो ।

भारतबाटै मूल्य बढेर आएकाे भन्दै निगमले मूल्य बढाएकाे हाे । नयाँ मूल्यअनुसार काठमाडाैं उपत्यकामा पेट्राेल १ सय ५९ र डिजेल तथा मट्टीतेल १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेकाे छ ।

निगमले हवाई इन्धनकाे मूल्य भने घटाएकाे छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंमा २२ अमेरिकी डलरले घटाइएकाे निगमले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।