हैदरावाद
मिस वल्र्डमा सहभागी नेपालकी सहभागी सृच्छा प्रधान क्वाटरफाइनल नपुग्दै बाहिरिएकी छिन् ।
भारतको हैदरावादमा गएराती समन् ग्राण्ड फिनालेमा उनीको कमजोर प्रर्दशन भएको हो ।
समापन समारोह, अर्थात् मिस वल्र्ड ग्रान्ड फिनाले, तेलंगानाको हैदराबादस्थित हिटेक्समा आयोजना गरिएको थियो।
मिस वल्र्डको ७२ औं संस्करण थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।
चुआंगश्रीले मिस वल्र्डको उपाधि जितेकी हुन् । उनलाई ७१औं मिस वल्र्ड क्रिस्टिना पेज्कोभाले शिरमा ताज पहिराएर सम्मान गरेकी थिइन् ।
यस प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनर अप बनेकी छन् भने मार्टिनिककी औरेली योहाचिम दोस्रो रनरअप बनेकी छन् ।
प्रतियोगिताको फाइनलमा मार्टिनिककी औरेली योहाचिम, इथियोपियाकी हासेट डेरेजे, पोल्याण्डकी माया क्लाज्दा र थाइल्याण्डकी ओपल सुचाता पुगेका थिए ।
मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता शनिबार, मे ३१ मा नयाँ मिस वल्र्डको छनोटसँगै समाप्त भएको छ ।
मिस वल्र्डका अनुसार, बलिउडका प्रसिद्ध अभिनेता सोनु सूदलाई समापन समारोहमा मिस वल्र्ड ह्युम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो।
मिस वल्र्ड संगठनले १९५१ मा ुब्युटी विथ अ पर्पजु नाराका साथ मिस वल्र्ड प्रतियोगिता सुरु गरेको थियो ।








प्रतिक्रिया