२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको रामकोटमा बद्रीनारायण धाम निर्माण : चार करोड चार लाख संकलन



 

काठमाडौँ

काठमाडौंको रामकोटमा बद्रीनारायण धाम निर्माण हुने भएको छ । बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ ।

नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गर्न लागेको हो ।

प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम सङ्कलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिएका छन् । मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृशक्तिबाट रु १० लाख आम्दानी भएको बताए । यस्तै उक्त प्राण प्रतिष्ठामा विभिन्न शीर्षकमा रु एक करोड चार लाख ४५ हजार ४६१ खर्च भएको जनाइएको छ ।

कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम निर्माण गरिएको बताएका छन् । बद्रीनारायण प्राणप्रतिष्ठा मूल समारोह समितिका संयोजक जयराम लामिछानेले नागार्जुन नगरपालिकालाई चिनाउनका लागि धामले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ्
उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्ने छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।