२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वर नयाँबस्तीबाट लागुऔषधसहित पक्राउ



काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका २५ वर्षीय मिङ्मा बम्जन रहेका छन् ।

उनको साथबाट फेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँ बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।