२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोकिएको महाभोज अब जेठ ३० गतेबाट प्रदर्शनीमा आउने



काठमाडौं । प्रदर्शनको संघारमा आएर पोसपन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म अब यहि ३० जेठदेखि देशब्यापी रिलिज हुने निर्माताले जनाएका छन् ।

यसअघि यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो । विभिन्न समूहले आयोजना गरेको विरोध प्रदर्शनलाई कारण देखाउँदै निर्माताले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगन गरेका थियो ।

निर्देशक दिनेश राउतले यो फिल्मको नयाँ प्रदर्शन मिति घोषणा भएको जनाए । ‘अब यो फिल्म जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा गएर फिल्म हेर्नुहोला’ उनले भने ।

केही दिनअघि यो फिल्मको काठमाडौं प्रिमियर आयोजना गरिएको थियो । सहकारी संकटको कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलाको अभिनय छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।