२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोनाको संक्रमण तीव्र, अहिलेसम्म २८ जनाको निधन



नयाँ दिल्ली
भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय केसहरूको संख्या ३ हजार ७ सय ८३ पुगेको छ । जसमा केरलामा सबैभन्दा बढी १ हजार ४ सय केसहरू रहेको उल्लेख छ । त्यस्तै महाराष्ट्रमा ४ सय ८५ र दिल्लीमा ४३६ सक्रिय केसहरू छन् । पछिल्लो ४८ घण्टामा एक हजार भन्दा बढी नयाँ केसहरू रिपोर्ट गरिएका छन् ।

स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको निधन भएको छ । यी मध्ये पछिल्लो २ दिनमा २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई दिनमा मृत्यु हुनेमा महाराष्ट्र र केरलमा ७(७ जना रहेका छन् भने कर्नाटकमा ४, दिल्लीमा ३, उत्तर प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यस्तै मध्य प्रदेश, पञ्जाव, राजस्थान, तमिलनाडु र गुजरातमा एक एक जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राज्य सरकारहरुले कोरोनाको संक्रमण बढिरहेकाले मानिसहरूलाई भीडभाड भएका ठाउँहरूमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन अपील गरेको छ ।त्यस्तै ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।