२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको कोटेश्वर, बल्खु र सिफल चौरमा मात्रै प्रर्दशन गर्न पाइने, अन्य सबै ठाँउमा निषेधाज्ञा



काठमाडौं
सरकारले काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्र मात्रै प्रर्दशन गर्न पाउने र अन्य सबै ठाँउमा निषेधाज्ञा जारी गरेको छ

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गर्दै राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर प्रर्दशन गर्ने ठाँउ ताकिएको छ ।

चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको विज्ञप्तीमार्फत जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।