१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘माइतीघर’मा ५९ वर्ष अघिको गीत समावेश, बाग्लुङको कालिका मन्दिरमा छायांकन



काठमाडौं
चलचित्र ‘माइतीघर’मा ५९ वर्ष अघिको चर्चित गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ समावेश गरिएको छ ।

सो गीत बाग्लुङको कालिका मन्दिरमा छायांकन गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता अधिकारीले जानकारी दिएका छन् ।
५९ वर्ष अगाडि चलचित्र ‘माइतीघर’मा समावेश बोलको गीत आज पनि दर्शकहरुको मुखमा झुन्डिएको छ । सोही गीतलाई रोहितले आफ्नो चलचित्र ‘माइतीघर’मा समावेश गरेका हुन् । यो गीतले पनि दर्शकको माया पाउने विश्वास गरिएको छ ।
गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ । गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।
चलचित्र ‘माइतीघर’लाई दशैंको फूलपातिबाट प्रर्दशन गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । यो चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षको भनाई छ ।
चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरिरहेका छन् । चलचित्रमा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ । जुन चलचित्रको एक महत्वपूर्ण हिस्सा हो ।
सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
यो चलचित्रको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।