२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले अभिनय गर्ने नयाँ चलचित्रको निर्देशन गर्दै कृषा



काठमाडौं
निर्देशक चौलागाँइले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल चलचित्रको लागि हस्ताक्षर गरेकी हुन् ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।

उनले जापानमा महंगो रकममा चलचित्रको निर्देशन पर्ने बताइएको छ । पछिल्लो चलचित्र ‘पिताम्बर’ निर्देशनसँगै उनको कामको चर्चा भएको थियो ।

चुनौतीपूर्ण काम फत्ते गर्ने साहस भएकी निर्देशक कृषाले मल्टिस्टारर कलाकार लिएर एक्सन विधाको चलचित्र सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलिएको हो ।

यो चलचित्र यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको हो । जापानमा रहेर चलचित्र वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो चलचित्र निर्माण गर्ने भएको हो ।

चलचित्रको छायांकन भदौबाट सुरु हुने बताइएको छ । चलचित्रको छायांकन नेपाल, जापान र फिलिपिन्समा गर्ने निर्माण पक्षको योजना छ । चलचित्रको नाम, कलाकारहरुबारे केही समयमा थप जानकारी जानकारी दिने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रका लागि निर्देशक कृषा चौलागाइले महंगो रकम लिएकी छिन् । तर, निर्माणपक्षले कृषाले लिएको रकम भने खुलाएको छैन ।

कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यो चलचित्रको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।