२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


३० लाख ठगी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ



भक्तपुर । डलर भन्दै ३० लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङ छन् ।

उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि पूर्वी नवलपरासी पठाइएको छ ।

उनले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ ढोडेनीमा सस्तो दरमा अमेरिकन डलर दिने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

छेउमा एक दुई थान डलर राखेर भित्र काजगको बिटो पोको पारिएको थियो । उक्त बिटोलाई बाहिरबाट रुमालले बाँधिएको थियो । त्यही बिटो दिएर ३० लाख लिएर उनी फरार भएको आरोप छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।