काठमाडौं
निर्माणाधिन चलचित्र ‘जदौ’को अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने चलचित्रको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ ।
चलचित्रको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने ञजदौझ श्याम तामाङ्गले खिच्ने छ्न । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको चलचित्रका गीतमा बाबुल गिरीको सङ्गित छ ।
चलचित्रको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न ।
अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन । चलचित्र ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।








प्रतिक्रिया