काठमाडौं ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको विषयमा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ ।
यसैबीच प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ ।








प्रतिक्रिया